अख्तियार र भ्रष्टाचारसम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित

काठमाण्डु टुडे २०८१ पुष २ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २ पुस– अख्तियार र भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक संसदीय उपसमितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वटै विधेयकमाथि छलफल गरेर प्रतिवेदन पेस गर्ने गरी कांग्रेसका सांसद हृदयराम थानीको नेतृत्वमा उपसमिति बनाएको थियो ।

उपसमितिले दुइटै विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको छ । संयोजक थानीले मूल समितिलाई दुवै विधेयकको प्रतिवेदन बुझाएको जानकारी दिएका छन । ‘दुवै विधेयकको प्रतिवेदन मूल समिति समक्ष बुझाइएको छ’ संयोजक थानीले भने । राज्य व्यवस्था तथा सुशासन समितिले गत मातिक २५ गते अख्तियार ऐन संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन गरेको थियो ।

१२ सदस्यीय उपसमितिको सदस्यहरुमा सांसदहरू अशोक कुमार राई, चन्दा कार्की भण्डारी, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाईँ, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् । यही उपसमितिलाई भ्रष्टाचार ऐन संशेधन विधेयकमाथि छलफल गर्ने जिम्मेवारी दिइएको थियो ।

दुवै विधेयक २०७६ सालमै संसदमा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता गरेको दुवै विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो। प्रतिनिधि सभाले सैद्धान्तिक छलफल गरेर २०८० साल भदौ ३१ गते दुइटै विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us