एमाले दाबीविपरीत अदालतद्वारा ऋषिकेश पोखरेल पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८१ पुष २ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, २ पुस- संसद्को सावैजनिक लेखा सभापति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला का्इरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङ जिल्ला अदालतले मंगलबार उनीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुछिएकी कोइराला हाल फरार छिन् ।

अदालतका सूचना अधिकारी हमबहादुर बुढाथोकीले कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए ।

सरकारी वकिलको कार्यालय मोरङले पोखरेल पत्नी कोइराला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दायर गरेको थियो ।

पोखरेल र एमालेले कोइराला सहकारी ठगीमा संलग्न नरेहको दाबी गर्र्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us