काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा नयाँ कार्यदल गठन गरेको छ ।
स्थायी कमिटी बैठकले ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेको उनले जानकारी दिएका छन ।