काठमाण्डु, २ पुस– मोरङको सुनबर्षी नगरपालिका–९ मा ट्रकमा मोटरसाइकल ठोक्कीदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनबर्षी नगरपालिका–९ बालुबारी बस्ने २५ वर्षीय स्वाचन ऋषिदेव रहेको प्रहरीले जानकारी दिएको छ ।
मोरङको सुनबर्षी नगरपालिका–९ भेरुवाथानस्थित सडकमा मे.४ प १८२३ नम्बरको मोटरसाइकल ना.३ ख ९९०४ नम्बरको ट्रकमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा ऋषिदेवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिए घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।