बालेन र सुनिताले पीएल सिंहलाई दिए श्रद्धाञ्जली

काठमाण्डु टुडे २०८१ पुष १ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन ।

आज (सोमबार) बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुख सिंहको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । सिंहको आज विहान ८८ वर्षको उमेरमा निधन भएको थियो ।

पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी निवासमा आराम गरिरहेका थिए । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us