समाचार

रविले ‘कानुनविपरीत निलम्बन’ भन्दा सभामुखले भनेः पूर्वाग्रह थिएन

२०८१ माघ १८ गते १३:३६

काठमाण्डू, १८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेसामु निवेदन पत्र बुझाएका छन । आज शुक्रवार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर लामिछानेले निवेदन दिएका हुन् । लामिछाने...

सुरु हुनासाथ संसद बैठकमा रास्वपाको अवरोध

२०८१ माघ १८ गते १३:२४

काठमाण्डू, १८ माघ– आज (शुक्रबार)बाट प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका छन । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने...

संघीय संसदको हिउँदे अधिवेशन सुरु

२०८१ माघ १८ गते १३:१७

काठमाण्डू, १८ माघ– आज (शुक्रबार)बाट संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसुची रहेको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा...

आशिका तामाङलाई बयानका लागि अदालत लगियो

२०८१ माघ १८ गते १३:११

काठमाण्डू, १८ माघ– आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि काठमाण्डू जिल्ला अदालत लगीएको छ । तामाङलाई बयानका लागि अदालत पेश गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानेले जानकारी दिएका छन । उनले भने, ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी...

सांसद पदबाट निलम्बन फुकुवा गरिदिन भन्दै रवि लामिछानेले दिए सभामुखलाई निवेदन

२०८१ माघ १८ गते १२:४६

काठमाण्डू, १८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख गरीएको...

संसद्मा आजै अध्यादेश टेबुल हुन्छ, २४ गते पारित गरिन्छः कांग्रेस

२०८१ माघ १८ गते १२:४२

काठमाण्डू, १८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आजै (शुक्रबार) संसदमा अध्यादेश टेबुल हुने बताएका छन् । संसद् अधिवेशन दिउँसो १ बजेबाट सुरु हुँदैछ । त्यसअगाडि बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका...

सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे रवि लामिछाने

२०८१ माघ १८ गते १२:३६

काठमाण्डू, १८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको सभामुख घमिरेको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कोइराला

२०८१ माघ १८ गते ८:४७

विराटनगर, १८ माघ–कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. शेखर कोइरालाले एमाले र कांग्रेसको वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका छन् । पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा बिहीबार विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन...

शक्ति बस्नेतलाई प्रश्नः पार्टीमा किन नयाँ गुटको जन्म दिनुभयो ?

२०८१ माघ १८ गते ८:४३

काठमाण्डू,१८ माघ–पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । गत असोजमा २३औं राष्ट्रिय सम्मेलन सकिए पनि उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन सकेको थिएन । उमेर हदको टुंगो निर्वाचनमार्फत नै लगाएपछि निर्वाचनमार्फत...

संसद् अधिवेशन आजदेखि, भिडन्तको तयारीमा सत्ता र प्रतिपक्ष

२०८१ माघ १८ गते ८:२१

काठमाण्डू, १८ माघ– संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारले संसद छलेर कतिपय विवादित व्यवस्थासहित ल्याएको ६ अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची छ । संसद् नचलेको अवस्थामा ल्याइएको अध्यादेश पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु पौडेल...

चार राउण्ड गोली प्रहार गरी प्रहरीले पक्रियो लागुऔषध कारोबारी

२०८१ माघ १८ गते ८:०७

काठमाण्डू, १८ माघ– पश्चिम नवलरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले बिहीबार राति चार राउण्ड गोली लगाएको हो । गोली प्रहार गरप प्रहरीले ५२ वर्षीय राजेश लोनियालाई नियन्त्रणमा लिएको छ । नवलपरासी प्रहरी प्रवक्ता डिएसपी रेशम...

अर्थतन्त्र आईसीयूमा छः सरकारका प्रवक्ता

२०८१ माघ १७ गते २०:४४

काठमाण्डू, १७ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थतन्त्र आईसीयूमा रहेको स्वीकार गरेका छन् । ‘नेपाल चेम्बर एक्स्पो’ को बिहीबार राजधानीमा उद्घाटन गर्दै गुरुङले सरकार अर्थतन्त्रका समस्या समाधानमा प्रयासरत भए पनि आईसीयूमा रहेको बताए । यद्यपि वर्तमान सरकार बन्दा सरकार कोमामा रहेको उनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us