अर्थतन्त्र आईसीयूमा छः सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०८१ माघ १७ गते २०:४४ मा प्रकाशित

काठमाण्डू, १७ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थतन्त्र आईसीयूमा रहेको स्वीकार गरेका छन् ।

‘नेपाल चेम्बर एक्स्पो’ को बिहीबार राजधानीमा उद्घाटन गर्दै गुरुङले सरकार अर्थतन्त्रका समस्या समाधानमा प्रयासरत भए पनि आईसीयूमा रहेको बताए ।

यद्यपि वर्तमान सरकार बन्दा सरकार कोमामा रहेको उनको भनाइ थियो । उनले अब छिट्टै अर्थतन्त्र लयमा फर्कने जिकिर गरे ।

‘सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि काम गरिरहेको छ’, उनले भेन,‘कोमामा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आईसीयूमा ल्याएका छौैं ।’

अर्थतन्त्रका समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले कानुनी र नीतिगत समस्या समाधान गर्न अध्यादेश ल्याइएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us