चार राउण्ड गोली प्रहार गरी प्रहरीले पक्रियो लागुऔषध कारोबारी

काठमाण्डु टुडे २०८१ माघ १८ गते ८:०७ मा प्रकाशित

काठमाण्डू, १८ माघ– पश्चिम नवलरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा प्रहरीले गोली चलाएको छ ।

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले बिहीबार राति चार राउण्ड गोली लगाएको हो । गोली प्रहार गरप प्रहरीले ५२ वर्षीय राजेश लोनियालाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार लोनियाको खुट्टामा गोली लागेको छ । प्रहरीकै गाडीमा राखेर उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको छ ।

लोनियाको घरमा लागुऔषध औषध ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । कारोबारीहरु प्रहरीमाथि नै जाइलागेपछि गोली चलाइएको बोहराको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us