समाचार

परीक्षा समन्वय समितिलाई बिशेषाधिकार

२०७१ वैशाख १८ गते ३:३३

काठमाण्डु, १८ वैशाख – भोलीदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षामा उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षा समन्वय समितिलाई विशेष अधिकार दिने भएको छ । शिक्षा पत्रकार सञ्जालद्वारा आयोजित कार्यक्रममा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी प्रमुख र...

एमाओवादी राष्ट्रिय सम्मेलन आज

२०७१ वैशाख १८ गते ३:३२

विराटनगर, १८ वैशाख– एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि मोरङको विराटनगरमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश नेता विराटनगर पुगेका छन् । सम्मेलनको सहिद रंगशालामा अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी...

मजदुर दिवश मनाइदै

२०७१ वैशाख १८ गते २:५०

काठमाण्डु,१८ वैशाख –मजदुर दिवस आज मे १ तारिख विश्व मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । श्रमिकहरुको एकता, वीरता र संघर्षको प्रतिकको रुपमा हरेक बर्ष मे १ मा यो दिवस विश्वभर मनाईन्छ । सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो...

राष्ट्रिय सम्मेलनले पार्टीलाई नयाँ गति प्रदान गर्ने – प्रचण्ड

२०७१ वैशाख १७ गते १५:२३

विराटनगर, १७ वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले पार्टीलाई नयाँ गति प्रदान गर्ने तथा नयाँ सङ्गठनको संरचनाको विकास गर्नेे बताएका छन् । विराटनगरमा भोलिदेखि सुरु हुन लागेको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराउन आयोजक समितिले विराटनगरमा...

विवादास्पद छवि भएकालाई न्यायाधीशमा सिफारिस गर्नु षडयन्त्र

२०७१ वैशाख १७ गते १५:१५

भक्तपुर, १७ वैशाख – नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष हरिकृष्ण कार्कीले तीन वर्षपछि विवादास्पद छवि भएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस गर्नु षडयन्त्रपूर्ण भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तक्र्रियामा उनले विवादास्पद छवि भएकालाई सिफारिस गर्नुको पछाडि ठूलै षडयन्त्र भएको...

विष्ट र केसी दुवैको जित्ने दाबी

२०७१ वैशाख १७ गते १५:११

काठमाण्डु, १७ वैशाख –  नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीको डा. महेन्द्र विष्ट र पोषण केसी दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । सम्वाद डबलीमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका उम्मेदवार केसीले पत्रकारको पेसागत एजेण्डा स्थापित गर्न र त्यसलाई कार्यान्वयन...

थप उपचारका लागि नेता ओलीलाई बैंकक लगियो

२०७१ वैशाख १७ गते १४:०५

काठमाण्डु, १७ वैशाख –  नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई  थप उपचारका लागि आज बैंकक लगिएको छ । टाउको दुख्ने र बान्ता हुने समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा यही वैशाख १४ गतेदेखि उपचार गराइरहनुभएका नेता ओलीको थप उपचारका लागि एयर एम्बुलेन्समार्फत बैंककस्थित...

रातो मत्स्येन्द्रनाथको रथारोहण सम्पन्न

२०७१ वैशाख १७ गते १४:०२

 चापागाउँ (ललितपुर), १७ वैशाख – काठमाडौं उपत्यकामा लामो समयसम्म जात्रा लाग्ने बत्तीस लक्षणयुक्त रातो मत्स्येन्द्रनाथको रथारोहण आज सम्पन्न भएको छ । सहकालका देवताका रुपमा मानिने मत्स्येन्द्रनाथको रथ निर्माण कार्य सम्पन्न भएसँगै रथारोहण गरिएको गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । रथारोहणका निम्ति...

महाधिवेशनको तयारीमा राप्रपा नेपाल

२०७१ वैशाख १७ गते १४:०१

काठमाण्डु, १७ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीको प्रथम महाधिवेशनको तयारीबारे आज छलफल गरेको छ ।  महाधिवेशन मूल आयोजक समिति तथा विभिन्न समितिको संयुक्त बैठकमा महाधिवेशन आयोजनाका सम्बन्धमा प्रगति समीक्षा गरिएको हो । पार्टी अध्यक्ष एवम् महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा...

अस्थायी शिक्षकका मागप्रति सरकार गम्भीर – मन्त्री यादव

२०७१ वैशाख १७ गते १३:५५

चितवन, १७ वैशाख –  शिक्षामन्त्री चित्रलेखा यादवले अस्थायी शिक्षकको मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री यादवले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको मनोबल उच्च रहनुपर्ने आवश्यकता रहेकाले अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकार...

दुर्घटनामा १९ जनाको मृत्यु, ३३ जना घाइते

२०७१ वैशाख १७ गते १३:४९

अर्घाखाँची, १७ वैशाख – अर्घाखाँचीको नरपानी गाविसमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । यस दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क...

एमाओवादीसँग कार्यगत एकता मात्रै–बादल

२०७१ वैशाख १७ गते १०:११

काठमाण्डु, १७ वैशाख – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले दोस्रो संविधानसभाको निर्वाचनपछि यथास्थितिवादीको पुनःस्थापना भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको चुनाव षडयन्त्रपूर्वक भएका कारण यो संविधानसभाको विघटन गर्नुपर्ने माग गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us