
चितवन, १७ वैशाख – शिक्षामन्त्री चित्रलेखा यादवले अस्थायी शिक्षकको मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री यादवले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको मनोबल उच्च रहनुपर्ने आवश्यकता रहेकाले अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकार लाग्ने बताए ।
राष्ट्र निर्माणका निम्ति सबैमा दायित्व बोध हुने वातावरण निर्माण गर्न शिक्षा मन्त्रालय सदैव लागिरहने स्पष्ट पार्दै उनले प्रभावकारी सिकाइका लागि अभिभावक, शिक्षक र विद्यालयको वातावरण महत्वपूर्ण हुने बताए ।