काठमाण्डु, १८ वैशाख –नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई ट्रेड युनियन बनाउनुपर्ने बताएको छ । पत्रकार महासंघका उम्मेदवारको घोषणासभामा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पत्रकार महासंघलाई नेता बनाउने भन्दा पनि श्रमजिवि पत्रकारको हक अधिकारबारे आवाज उठाउन ट्रेड युनियन बनाउनुपर्ने बताएका हुन्। सभामा पत्रकार महासंघका पूर्व अध्यक्ष...
काठमाण्डु, १८ वैशाख – तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष तथा सभासद् महेन्द्र यादवले सिद्धान्त र मुद्धा मिल्ने दलसँग एकिकरण गर्न तयार रहेको बताएका छन् । मधेश मिडिया हाउसमा आयोजित कार्यक्रममा यादवले मधेश केन्द्रित दलबीच एकता अपरिहार्य रहेकामा जोड दिँदै विस्तृत छलफल र बहसका...
काठमाण्डु, १८ वैशाख – कुटपिटबाट घाइते भएका रसुवाका पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ । रसुवा शाखाका अध्यक्ष सोमबहादुर तामाङ र सहसचिव मालफुर्वा तामाङको उपचारका लागि महासंघले जनही ८ हजार रुपैया सहयोग गरेको हो । गत सोमबार एमाओवादीको जिल्ला अधिवेशनको समाचार संकलन...
चितवन, १८ वैशाख – सरकारका प्रवक्ता मीनेन्द्र रिजालले देशका सबै क्षेत्रमा सूचना पु¥याउने लक्ष्यसहित एफएम रेडियोको लाइसेन्स खुला गरिएको बताएका छन् । भरतपुरमा आजसूचना तथा सञ्चारमन्त्री रिजालले आवश्यकता हेरी विकट र दुर्गम स्थानमा एफएम खोल्न प्रोत्साहन गरिनेसमेत बताए । सरकारको कामकारबाही र आर्थिक पारदर्शीताका...
काठमाण्डु, १८ वैशाख –ऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले ऐन संशोधन गर्ने तयारी भएका बताएकी छन् । नेपाल विद्युत प्राधिकण कर्मचारी युनियन जनकपुर–सगरमाथा क्षेत्रीय समितिले गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उर्जामा लगानी गर्ने वातावरण सिर्जना गर्न समस्या देखिएकाले कानूनी...
काठमाण्डु, १८ वैशाख – सञ्चारसम्बन्धी दश सङ्घसंस्थाले नेपाल पत्रकार महासङ्घलाई थप समावेशी बनाउन महासङ्घको २४औँ महाधिवेशनमा विधान संशोधनसम्बन्धी साझा प्रस्ताव लैजाने निर्णय गरेका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, मधेसी पत्रकार सङ्घ, मधेसी पत्रकार...
काठमाण्डु, १८ वैशाख – एसिसी प्रिमियर लिग क्रिकेटमा संयुक्त अरब इमिरेट्सले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस हारेर व्याटिङ्गको निम्तो पाएको युएइले ४८ दशमलव १ ओभरमा सवै विकेट गुमायो । युएईका लागि स्वप्नील पाटिलले सर्वाधिक ७६...
नुवाकोट, १८ वैशाख –युवती जिस्काएको तथा कुटपिट गरेको आरोपमा विदुर नगरपालिका–१० ढोडणीका एक युवालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । स्थानीय तीन युवतीलाई जिस्काउँदा प्रतिरक्षा गर्ने खोजेपछि उल्टै कुटपिट गर्ने विदुर नगरपालिका–१० का नारायण नगरकोटीलाई सार्वजनिक मुद्दा चलाएको हो...
काठमाण्डु, १८ वैशाख – रुपन्देहीको पडसरी र मधवलीयामा डिजेल चोरी गरी लुकाउने १९ वटा ट्यांकर सञ्चालकलाई नेपाल आयल निगमले कारबाही गरेको छ । निगमले भारतको बेतालपुर डिपोबाट निगमको भलवारी डिपोसम्म ल्याउने क्रममा १७ हजार लिटर डिजेल चोरीमा संलग्न ट्यांकरसँगको सम्झौता निलम्बन गरेको हो ।...
बुटवल, १८ वैशाख– बुटवलको आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालले नवजात शिशु साट्ने काममा संलग्न चार कर्मचारीलाई हटाएको छ । अस्पताल व्यवस्थापन समिति बैठकले स्टाफ नर्सहरु रचना पौडेल, पूजा पाण्डे र सपना श्रेष्ठ तथा अनमी सिर्जना न्यौपानेलाई निलम्बन गरेको हो । केही दिनअघि अस्पतालमा...
कञ्चनपुर, १८ वैशाख– पश्चिमी सीमा नाका वैशाख २४ गतेदेखि ४८ घण्टाका लागि बन्द हुने भएको छ । नेपाल–भारतका अधिकारीको बुधबार बसेको संयुक्त बैठकमा भारतको उत्तराञ्चल प्रदेशमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द गर्ने सहमति भएको हो । सीमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप हुन नदिन दुवै...
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर लिगमा नेपाल र यूएईबीच खेल जारी छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ठ सुरुआत गरेको छ । खेलमा नेपालले यूएईबाहेक हङकङ, अफगानिस्तान र मलेसियासँग खेल्नेछ । टी–२० विश्वकपमा पहिलोपटक सहभागी भएर राम्रो खेल प्रदर्शन गरेको नेपाली टोली...