अस्पतालमा बच्चा साट्ने कर्मचारी हटाइए

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ४:२५ मा प्रकाशित

बुटवल, १८ वैशाख– बुटवलको आम्दा सिद्धार्थ बाल तथा महिला अस्पतालले नवजात शिशु साट्ने काममा संलग्न चार कर्मचारीलाई हटाएको छ ।
अस्पताल व्यवस्थापन समिति बैठकले स्टाफ नर्सहरु रचना पौडेल, पूजा पाण्डे र सपना श्रेष्ठ तथा अनमी सिर्जना न्यौपानेलाई निलम्बन गरेको हो ।

केही दिनअघि अस्पतालमा उपचारका लागि लगिएका रुपन्देही गोनाहा–१ की विद्या हरिजनको नवजात शिशुको साटो उननीहरुले मृत बालिका अभिभावकलाई बुझाएका थिए ।

घटना छानविनका लागि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. तारा पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us