कुटपिटमा परेका पत्रकारलाई आर्थिक सहयोग

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – कुटपिटबाट घाइते भएका रसुवाका पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ ।

रसुवा शाखाका अध्यक्ष सोमबहादुर तामाङ र सहसचिव मालफुर्वा तामाङको उपचारका लागि महासंघले जनही ८ हजार रुपैया सहयोग गरेको हो ।

गत सोमबार एमाओवादीको जिल्ला अधिवेशनको समाचार संकलन गर्न गएका तामाङद्वयलाई पूर्व सभासद प्रेम तामाङको समूहले आक्रमण गरि गम्भिर घाइते गराएका थिए ।

काठमाण्डुको बल्खुमा रहेको शिवज्योति अस्पतालमा उपचार गराईरहेका पत्रकारलाई केन्द्रीय पार्षद दयानीधि भट्टले रकम हस्तान्तरण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us