‘सिद्धान्त मिल्ने दलसँग एकीकरण हुन्छ’

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ११:४९ मा प्रकाशित

mahendra_yadavकाठमाण्डु, १८ वैशाख – तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष तथा सभासद् महेन्द्र यादवले सिद्धान्त र मुद्धा मिल्ने दलसँग एकिकरण गर्न तयार रहेको बताएका छन् ।

मधेश मिडिया हाउसमा आयोजित कार्यक्रममा यादवले मधेश केन्द्रित दलबीच एकता अपरिहार्य रहेकामा जोड दिँदै विस्तृत छलफल र बहसका लागि प्रकृया सुरु गरेको जानकारी दिए ।

मधेश केन्द्रित दलबीच विभाजन हुँदा मधेशका मुद्दा कमजोर भएको उनको भनाइ छ ।

यादवले ठूला दलले गणितीय आधारमा संविधान बनाउन खोजे त्यो आफूहरुलाई मान्य नहुने समेत बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us