
कञ्चनपुर, १८ वैशाख– पश्चिमी सीमा नाका वैशाख २४ गतेदेखि ४८ घण्टाका लागि बन्द हुने भएको छ ।
नेपाल–भारतका अधिकारीको बुधबार बसेको संयुक्त बैठकमा भारतको उत्तराञ्चल प्रदेशमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द गर्ने सहमति भएको हो ।
सीमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप हुन नदिन दुवै देशका सुरक्षाकर्मीले सतर्कता अपनाउने र गस्तीकार्य तीव्रता दिने सहमति भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
बैठकको नेतृत्व नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल र भारतका तर्फबाट भारतको उत्तराखण्डका चम्फावत जिल्लाका एडिएम अशोक जोशीले गरेका थिए ।