
काठमाण्डु, १८ वैशाख – एसिसी प्रिमियर लिग क्रिकेटमा संयुक्त अरब इमिरेट्सले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको खेलमा टस हारेर व्याटिङ्गको निम्तो पाएको युएइले ४८ दशमलव १ ओभरमा सवै विकेट गुमायो । युएईका लागि स्वप्नील पाटिलले सर्वाधिक ७६ रन बनाए ।
त्यस्तै कृष्णचन्द्रन कराटेले ३६ र मोहम्मद साहजादले २५ रन जोडेका थिए ।
प्रतियोगितामा नेपालका सोमपाल कामी र मेहबुव आलमले समान तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे ।