
काठमाण्डु, १७ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीको प्रथम महाधिवेशनको तयारीबारे आज छलफल गरेको छ । महाधिवेशन मूल आयोजक समिति तथा विभिन्न समितिको संयुक्त बैठकमा महाधिवेशन आयोजनाका सम्बन्धमा प्रगति समीक्षा गरिएको हो ।
पार्टी अध्यक्ष एवम् महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको सो बैठकले आगामी जेठ १० देखि १३ गतेसम्म काठमाडौँमा गर्न लागिएको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न बाँकी रहेका दिनमा छिटो छरितो आ–आफ्ना दायित्व पूरा गर्न निर्देशन दिएको छ ।
यसअघि महाधिवेशनका लागि पार्टीले विभिन्न २० वटा समिति गठन गरिसकेको छ । रासस