विवादास्पद छवि भएकालाई न्यायाधीशमा सिफारिस गर्नु षडयन्त्र

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १५:१५ मा प्रकाशित

Barभक्तपुर, १७ वैशाख – नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष हरिकृष्ण कार्कीले तीन वर्षपछि विवादास्पद छवि भएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस गर्नु षडयन्त्रपूर्ण भएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तक्र्रियामा उनले विवादास्पद छवि भएकालाई सिफारिस गर्नुको पछाडि ठूलै षडयन्त्र भएको हुनसक्ने आशङ्का गरे ।
“न्यायाधीश सिफारिस गर्ने विषयमा न्याय परिषद्समेत चुकेको छ, विवादास्पद व्यक्तिलाई सिफारिस गर्नुको पछाडि ठूलै षडयन्त्र रहेको हाम्रो ठम्याइ छ ”उनले भने ।

न्यायाधीशको आचरणका बारेमा परिषद्लाई थाहा हुँदाहुदै त्यस्ता व्यक्तिलाई सिफारिस नै गर्न नहुनेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us