राजनीति

प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !

२०८२ वैशाख १७ गते १६:३६

काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । आज (बुधबार) काठमाण्डूमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अब राजतन्त्र कहिले नफर्किने दाबी गरेकका छन । प्रधानमन्त्री...

शिक्षकहरूसँगको वार्तामा गृहमन्त्री लेखक सहभागी

२०८२ वैशाख १७ गते १६:२७

काठमाण्डू, १७ वैशाख–शिक्षकसँग भएको वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएको शिक्षामन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी...

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

२०८२ वैशाख १७ गते १६:१९

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरीएको छ । शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले जानकारी दिएका छन ।...

रेशमलाई पक्राउ गर्न पठाइएको पत्रबारे विवाद, छलफल गर्न सर्वोच्चमा बैठक

२०८२ वैशाख १७ गते १६:१५

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट बुधबार पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालतको प्रशासनिक बैठक बसेको छ । बैठकमा पत्र कसरी गयो भन्नेबारे छलफल भइरहेको अदालत प्रशासन स्रोतले जानकारी दिएको छ । पत्र आधिकारिक च्यानलबाट नगएको...

विचाराधीन मुद्दामा कसरी सर्वोच्चबाट पत्र गयो भन्ने बुझ्दैछौंः महान्यायाधिवक्ता बडाल

२०८२ वैशाख १७ गते १५:५६

काठमाण्डू, १७ वैशाख– सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले जानकारी दिएका छन ।...

नाउपा सरकारबाट बाहिरिने

२०८२ वैशाख १७ गते १५:४८

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारी गरेको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिएकी छन । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका छन । पार्टीका संरक्षक रेशम चौधरी...

नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रचण्ड

२०८२ वैशाख १७ गते १४:५५

काठमाण्डू, १७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज (बुधबार) तराई–मधेस जागरण अभियानअन्तर्गत बेलौरी पुगेका प्रचण्डले नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

बालुवाटार बैठकः ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता

२०८२ वैशाख १७ गते १४:४८

काठमाण्डू, १७ वैशाख– आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता घटक दलको बैठकमा ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भएको छ । वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।...

रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्भ नाराबाजी

२०८२ वैशाख १७ गते १४:३९

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी र विरोध गरेका हुन । जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको...

जनमत पार्टीको आरोपः पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो

२०८२ वैशाख १७ गते १४:२२

काठमाण्डू, १७ वैशाख– जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ । पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा अनलाइनखबरसँग कुराकानी गर्दै यस्तो बताएका हुन । उनले भने, ‘यो देशमा पहिचानवादी शक्तिहरू...

रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना

२०८२ वैशाख १७ गते १४:००

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन । आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम अन्योलमा परेको छ । ‘ पार्टी एकीकरण...

रेशम चौधरी पक्राउ, पार्टी एकता घोषणा कार्यक्रम अन्यौल

२०८२ वैशाख १७ गते १३:४५

काठमाण्डू, १७ वैशाख– प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गरीएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम रहेको थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us