विचाराधीन मुद्दामा कसरी सर्वोच्चबाट पत्र गयो भन्ने बुझ्दैछौंः महान्यायाधिवक्ता बडाल

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १५:५६ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ ।

सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले जानकारी दिएका छन ।

उनले भने, ‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालले भने, ‘मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं ।

सर्वोच्च अदालतले अर्को पत्र पठाउनासाथ उहाँका बारेमा अरु निर्णय होला ।’ उनले यसबारे थप विवरण आफूले बुझिरहेको पनि बताएका छन । प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us