रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्भ नाराबाजी

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी र विरोध गरेका हुन ।

जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको छ । उनी पक्राउ परेपछि एकता घोषणा सभा स्थगित भएको छ ।

उनी पक्राउ परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै नाराबाजी गरिरहेका हुन । उनीहरुले त्यहीँ ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर ०८० जेठ १५ गते जेलमुक्त भएका थिए । उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक उच्च अधिकृतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us