प्रधानमन्त्री ओलीको टिप्पणी– लभ गर्न पनि नपाइने भयो कि क्या हो !

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १६:३६ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्रको प्रेत कहिल्यै नफर्किने जिकिर गरेका छन् । आज (बुधबार) काठमाण्डूमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले अब राजतन्त्र कहिले नफर्किने दाबी गरेकका छन । प्रधानमन्त्री ओलीले भने, ‘तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन् । प्रेत कहिल्यै फर्केर आउन सक्दैन । भूतप्रेत भनेको यही हो’, उनले भने, ‘विवाह पनि यिनीहरूले भनेजस्तै गर्नुपर्ने ?

लभ गर्न पनि नपाइने भयो कि क्या हो ! तानाशाही बहिस्कार गर्नेको झुन्ड सानो छ । तर ठुलो स्वरले कराउँछन् । तर आजको युगमा सम्भव छैन ।’ कार्यक्रममा उनले अभिनेत्री सुरक्षा पन्तले पूर्व नवयुवराज हृदयन्त्र शाहलाई टिप्पणी गरेको आधारमा राजावादीहरूले फिल्म बहिस्कार गरेकोमा पनि असन्तुष्टि जनाए ।

रैतीहरूले लोकतन्त्र, वाक स्वतन्त्रता सुन्नै नसक्ने भएकाले एउटा कलाकारले केही बोलेको आधारमा तानाशाहरूले फिल्म बहिस्कार गरेको आरोप लगाए । अहिले पनि एउटा सानो झुन्ड राजतन्त्र फर्किन्छ कि भनेर हिँडेकोप्रति उनले व्यङ्ग्य गरे । पहिला पहिला भूतप्रेत भगाउन ढ्याङ्ग्रो ठोक्ने गरेको भन्दै ओलीले तानाशाही भूतप्रेतलाई हटाउन ढ्याङ्ग्रो ठोक्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us