रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १४:०० मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन । आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो ।

तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम अन्योलमा परेको छ । ‘ पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ ।

यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us