रेशम चौधरी पक्राउ, पार्टी एकता घोषणा कार्यक्रम अन्यौल

काठमाण्डु टुडे २०८२ वैशाख १७ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गरीएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम रहेको थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएको स्रोतले जानकारी दिएको छ । तर नियन्त्रणको कारण खुलेको छैन । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको काठमाण्डू प्रहरीका एक अधिकृतले जानकारी दिएका छन । एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us