राजनीति

अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै, महासचिवमा ३ जनाको उम्मेदवारी

२०८२ जेठ २८ गते १२:०१

काठमाण्डू, २८ जेठ– कीर्तिपुरमा जारी एमाले निकट अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...

पूर्वश्रीमतीको हात छिनाल्ने राईलाई ओली र बादलले माफी दिए, अदालतले जेल पठाउने आदेश दियो

२०८२ जेठ २८ गते ८:५३

काठमाण्डू, २८ जेठ– वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको एउटा मुद्धामा कसुरदारलाई सजाफ माफी दिनेसम्बन्धी निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले कैद भुक्तान गरिरहेका संखुवासभामा धर्मनाथ राईको सजाय माफी गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गरेको...

बालेन साह अख्तियारको छानबिनमा

२०८२ जेठ २७ गते २१:३२

काठमाण्डू, २७ जेठ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन् । मेयर साहले विदेश भ्रमणमा गरेको खर्चबारे अख्तियारले छानबिन अघि बढाएको हो । फ्रान्सको राजधानी पेरिसमा आयोजित ७७औं ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने क्रममा साह र उनको...

भ्रष्टाचार मुद्धा दर्ता भएसँगै निलम्बनमा परे एमाले सांसद् ठाकुर 

२०८२ जेठ २७ गते २१:२२

काठमाण्डू, २७ जेठ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकार नेतृत्वकर्ता एमाले मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । ठाकुरसहित सहित १६ व्यक्ति र र एक कम्पनीविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । भष्टाचार मुद्दा दर्ता भएसँगै...

सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

२०८२ जेठ २७ गते २०:५३

काठमाण्डू, २७ जेठ– न्यायपरिषदले सर्वोच्चक अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका अध्यक्ष मेघराज पोखरेल तथा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्याशयाधीश शान्तिसिंह थापालाई न्यायाधीश सिफारिस...

नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

२०८२ जेठ २७ गते १७:१९

काठमाण्डू, २७ जेठ– प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता...

कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न अख्तियारले बोलायो मेयर शाहलाई

२०८२ जेठ २७ गते १६:५९

काठमाण्डू, २७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ । गत बर्ष मात्रै काठमाण्डूका मेयर बालेनले फ्रान्सको भ्रमण गरेका थिए । गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा...

एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयोः भीम रावल

२०८२ जेठ २७ गते १६:४४

काठमाण्डू, २७ जेठ– एमालेका पूर्व उपाध्यक्ष समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको बताएका छन । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर नेता रावलले यस्तो टिप्पणी गरेका...

गुटगत राजनीति गर्दिनँः पूर्व राष्ट्रपति भण्डारी

२०८२ जेठ २७ गते १६:१३

काठमाण्डू, २७ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन । आज (मंगलबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । उनले आफूले...

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छः प्रधानमन्त्री ओली

२०८२ जेठ २७ गते १६:०५

काठमाण्डू, २७ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई आफ्नो रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । आज (मंगलबार) राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘पढ्न पाएन भने...

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, भोली मतदान हुने

२०८२ जेठ २७ गते १६:००

काठमाण्डू, २७ जेठ– कीर्तिपुरमा जारी एमाले निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका...

नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौंः उपसभापति खड्का

२०८२ जेठ २७ गते १५:३५

काठमाण्डू, २७ जेठ– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन । आज (मंगलबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस उपसभापति खड्काले यस्तो बताएका हुन । समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us