नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक भएको छ ।

आज (मंगलबार) सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

उनले सर्वसम्मत रुपबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद समेत दिए । । समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us