सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाण्डु टुडे २०८२ जेठ २७ गते २०:५३ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– न्यायपरिषदले सर्वोच्चक अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका अध्यक्ष मेघराज पोखरेल तथा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्याशयाधीश शान्तिसिंह थापालाई न्यायाधीश सिफारिस गरेको हो ।

सर्वोच्चमा चार न्यायाधीशको पद रिक्त थियो ।

सिफारिस भएकाहरुको संसदीय सुनुवाई प्रक्रियाबाट अनुमोदन भएपछि नियुक्ति हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us