गुटगत राजनीति गर्दिनँः पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन । आज (मंगलबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् ।

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत बताएकी छन । पूर्व राष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् । उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताएकी छन ।

एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडी देखि नै पार्टीमा काम गरेको र सवैसंग चिनजान रहेकाले आफुलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनले बताइन ।

भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटि र त्यसका नेताहरुसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन् । त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us