
काठमाण्डू, २७ जेठ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकार नेतृत्वकर्ता एमाले मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।
ठाकुरसहित सहित १६ व्यक्ति र र एक कम्पनीविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । भष्टाचार मुद्दा दर्ता भएसँगै ठाकुरको सांसद् पद स्वतः निलम्बनमा परेको छ ।
धनुषाको औरही गाउँपालिका-२ स्थित देउरी परवाहामा मा १५ शय्याको अस्पताल भवन निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्धा दायर भएको हो ।
ठाकुर एमालेबाट प्रदेशसभा निर्वाचनमा विजयी हुनुअघि लुम्बिनीरडी एण्ड जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिका प्रबन्धक निर्देशक दिए । उनको कम्पनीले अस्पताल भवन निर्माणको ठेक्का पाएको थियो ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भ्रष्टाचार मुद्धा दायर गरिएका अन्यमा तत्कालीन औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा नम्बर-१ का अध्यक्ष आशेश्वर यादव, वडा नम्बर–२ का अध्यक्ष अमितकुमार यादवविरूद्ध मुद्दा दर्ता भएको छ ।
औरही–३ का तत्कालीन वडाध्यक्ष गंगाप्रसाद यादव, ४ का वडाध्यक्ष शिवनाय साह, ५ का वडाध्यक्ष प्रमेश्वरकुमार मण्डल, ६ क वडाध्यक्ष दिलिपकुमार साह, इन्जिनियर सोनु साह, सब इन्जिनियर सन्तोषकुमार मण्डल र बिनितकुमार साह तथा खरिदार मोहनकुमार मण्डल, मनोजकुमार यादव र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्धक निर्देशक बिष्णुप्रसाद शर्मा र लुम्बिनी डी एण्ड एन जेभीविरूद्ध पनि मुद्दा दर्ता भएको प्रवक्ता पौडेलले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७र०७८ मा अस्पातल भवन निर्माणका लागि २४ करोड ४३ लाख ५२ हजार ६ सय ५० रुपैयाँ विनियोजन गरेको थियो ।
१५ वटा बोलपत्रमध्ये १३ वटालाई प्रक्रियाबाटै बाहिर राखेर लुम्बिनी रडि एन्ड एन, जेभी र समानन्तररबबुल जेभीले बोलपत्र पेस गरेको देखिएको प्रवक्ता पौडेल बताउँछन् ।
सबैभन्दा कम १२ करोड ३५ लाख ५० हजार २ सय ४८ रुपैयाँ कबोल गरेको प्रतिष्ठारधुलिखेलर एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्याङ्कनमा फेल गराई १९ करोड १४ लाख ६२ हजार ६ सय ३२ रूपैयाँमा लुम्बिनी डी एण्ड एन जेभीलाई मिलेमतोमा ठेक्का पारिएको अख्तियारले जनाएको छ ।
अख्तियारले अस्पताल निर्माणमा ६ करोड ७९ लाख १२ हजार ३८३ रूपैयाँ हिनामिना गरिएको ठहर गर्दै सोही बराबरको बिगो माग दाबी गरेको छ ।