काठमाण्डू, २६ जेठ– भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे पठाएको छ । संसद्मा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र...
काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न...
काठमाण्डू, २६ जेठ– आज बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन...
काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, २६ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि...
काठमाण्डू, २६ जेठ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमा सहरी विकास मन्त्रालयको बजेट अस्वाभाविक रूपमा वृद्धि गरिएकोप्रति गम्भीर शंका व्यक्त गरेका छन । उनले मन्त्रालयलाई तोकिएको सीमा भन्दा २७ अर्ब रुपैयाँ बढी बजेट विनियोजन...
काठमाण्डू, २६ जेठ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने तर्क गरेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । उनले अहिले...
काठमाण्डू, २६ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन सहित पत्र पठाएको छ । साथै दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नामसहितको विवरण समेत...
काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन । आज (सोमबार) नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने दाबी गरेका छन । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने...
काठमाण्डू, २६ जेठ– सत्ता घटक दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हिजो (आइतबार) बाट सुरु भएको । काठमाण्डूको कीर्तिपुरमा सुरु भएको एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्धघाट एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कीर्तिपुरमा...
सुनसरी, २६ जेठ–सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गालीगलोज सामाजिक सञ्जालमा भाइरल भएको छ । क्षमताभन्दा बढी सामान लोड गरिएको सवारी साधनलाई चेकजाँच गरेको निहुँमा अन्सारीले ज्यान मार्ने धम्कीसहित ट्राफिक प्रहरीलाई अश्लिल गाली गरेका हुन् । ट्राफिक प्रहरीले घूस लिएको...