प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us