
काठमाण्डू, २७ जेठ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन् ।
मेयर साहले विदेश भ्रमणमा गरेको खर्चबारे अख्तियारले छानबिन अघि बढाएको हो ।
फ्रान्सको राजधानी पेरिसमा आयोजित ७७औं ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने क्रममा साह र उनको टिमले नियमविपरीत खर्च गरेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।
स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका–२०७५ मा कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयका सचिवले मनोनया गर्नुपर्ने व्यवस्था उल्लंघन भएको ठहर अख्तियारको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०८२ ले महानगरले भ्रमण खर्च बापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर नियमविपरीत खर्च गरेको उल्लेख औंल्याइएको छ ।