पत्रपत्रिकाबाट

वामदेवको पार्टी पनि निर्वाचन आयोगमा दर्ता हुँदै

२०७९ साउन ४ गते ७:४५

काठमाण्डु, ४ साउन– राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ले मंगलबार आयोगमा निवेदन दिएको छ ।  सचिव डिबी कार्कीका अनुसार दल दर्ताको नम्बर ६४ छ  । तदर्थ समितिको संयोजकमा गौतम र सचिवमा...

भारतीय हतियारधारी सुरक्षाकर्मी युरेनियम खौज्दै नेपालमा

२०७९ साउन ४ गते ७:३६

काठमाण्डु, ४ साउन– नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ । भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ । स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली...

सिंहदरबारको हालतः वल्लो घरको चिठी पल्लो घर पुग्न वर्षौं

२०७९ साउन ४ गते ७:३२

काठमाण्डु, ४ साउन– सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न...

सीसीटीभी योजनाबद्ध रूपमा मेटियोः छानबिन समिति

२०७९ साउन ३ गते ७:५२

काठमाण्डु, ३ साउन– संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज योजनाबद्ध रूपमा मेटाइएको निष्कर्ष निकालेको छ । जेठको सीसीटीभी माग्दा असारको हार्डडिक्स दिनु, उपभोक्ता हित संरक्षण मञ्चले माग्दा १३ दिनसम्म मात्रै रहन्छ भन्नु, अर्थ मन्त्रालयका कर्मचारीको बयानमा...

झलनाथ खनाललाई एमालेमा फर्काउने तयारी, माधव नेपाललाई धोका !

२०७९ साउन ३ गते ७:४५

काठमाण्डु, ३ साउन– गत ३० वैशाखको स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो । खासगरी माओवादी र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने, तर ती पार्टीहरूबाट नेताकार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई एमालेले पछ्याएको हो । पछिल्ला दिनमा एकीकृत समाजवादीका...

दबाबमा एमाले

२०७९ साउन ३ गते ७:३८

काठमाण्डु, ३ साउन–कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेकै गठबन्धनसहित जाने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी एमाले दबाबमा परेको छ । गठबन्धनकै कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा पाउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ । यद्यपि, आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावको तयारी गर्न...

पाँच न्यायाधीश बर्खास्त

२०७९ साउन ३ गते ७:३१

काठमाण्डु, ३ साउन– ११ दिनमा पाँच न्यायाधीश बर्खास्त भएका छन् । सोमबारको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका राकेशकुमार निधि र काठमाण्डु जिल्ला अदालतका अर्जुनकुमार शर्मालाई बर्खास्त गरेसँगै २४ असारयता बर्खास्त हुने न्यायाधीशको संख्या पाँच पुगेको हो । ‘उहाँहरू (निधि र शर्मा) लाई खराब आचरण...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

२०७९ साउन ३ गते ७:२७

काठमाण्डु, ३ साउन– पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् ।...

काठमाण्डु महानगरमा बालेनको मनपरी !

२०७९ साउन ३ गते ७:२४

काठमाण्डु, ४ साउन– काठमाण्डु महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएका छन् । मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गरेको अधिकारीहरूको भनाइ...

तीन स्थानीय तहमा शून्य बेरुजु

२०७९ साउन ३ गते ७:२०

काठमाण्डु, ४ साउन– मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो । ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु...

सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता

२०७९ साउन २ गते ७:३१

काठमाण्डु, २ साउन– प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका...

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

२०७९ साउन २ गते ७:२६

काठमाण्डु, २ साउन– आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ । गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ । अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us