सिंहदरबारको हालतः वल्लो घरको चिठी पल्लो घर पुग्न वर्षौं

काठमाण्डु टुडे २०७९ साउन ४ गते ७:३२ मा प्रकाशित

काठमाण्डु, ४ साउन– सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ ।

एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन ।

पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुलमा पुग्न सकेको छैन ।

पछिल्लो समयमा पत्र खाम बन्दी गरेर कार्यालय नजिक भए कर्मचारीले बुझाउन जाने र इमेलमार्फत पनि पत्राचार गर्ने प्रचलन आइसकेको छ । सरकारले डिजिटल नेपालको अवधारणाअनुसार कागज विहीन सरकारी कार्यालय बनाउने योजना अघि सारिरहेको बेला सिंहदरबारभित्रै आँगन जोडिएका भवनको चिठी यति ढिलासुस्ती होला भन्ने कसैले पनि अनुमान गर्न सक्दैन । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us