
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरुलाई हँसाएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका ओलीले जुम्लाएको मार्सी चामलको कुरा उठाए ।
उनले आफूले पनि कुनै बेला मार्सी चामलको भात खाएको बताए । ‘अहिले व्यापक रूपमा चर्चित पनि छ कर्णालीको, जुम्लाको मार्सी चामल’, ओलीले भने, मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै होला र आलीले यति भनेपछि संसद बैठक हासोमा गुञ्जियो ।
ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा बोलाएर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मार्सी चामलको भात खुवाएको प्रसंग बेलाबेलामा नेपाली राजनीतिमा चर्चित छ ।
ओलीलाई हजुरबा नाता लगाउने प्रसाईं गत १५ चेतमा तीन कुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका ‘जनकमाण्डर’ थिए । तीनकुने घटनापछि फरार उनलाई भारतबाट पक्राउ गरी हाल हिरासतमा राखेर हत्या, संगठित अपराध, लुटपाट र आजगनीजस्ता अभियोगमा मुद्धा लगाउने तयारी भइरहेको छ ।
प्रसाईंले ओलीलाई हजुरबा नाता लगाउँछन् । ओलीले पनि प्रसाईं आफ्नो नाताभित्रको मान्छे भएको बताउने गरेका छन् । झापाकै पुराना र निष्ठावान वामपन्थी नेता नरेश खरेल नअटाएको एमाले केन्द्रीय समितिमा ओलीको रोजायमा परेर प्रसाईं अटाएका थिए ।