पत्रपत्रिकाबाट

कर्मचारी सरुवामा लाखौंको मोलमोलाई

२०७९ साउन १३ गते ७:३८

काठमाण्डु, १३ साउन– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो । मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् ।...

एसपीपीमा दबाब दिन अमेरिकी सहायकमन्त्री नेपाल आएको खुलासा

२०७९ साउन १३ गते ७:३२

काठमाण्डु, १३ साउन– दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाण्डु आइपुगेका छन् । सात महिनाको अन्तरमा दुईपटक उनी नेपाल आएका हुन् । यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ । नेपालस्थित...

पाँच अंकमै पास

२०७९ साउन १३ गते ७:२९

काठमाण्डु, १३ साउन– गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका–२०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो । यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका–२०७२ खारेज भई विद्यार्थीको मूल्याङ्कनको आधार ३५ अंक हुन पुग्यो । अर्थात्, ३५...

निजामति सेवामा ५० हजारका लागि जागिर खुल्दै

२०७९ साउन १२ गते ७:३५

काठमाण्डु, १२ साउन– संघ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा...

स्थानीय निर्वाचनमा उम्मेदवारले समेत आफैंलाई मत नहालेको खुलासा

२०७९ साउन १२ गते ७:३१

काठमाण्डु, १२ साउन– स्थानीय निर्वाचन–२०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले...

स्थानीयले बञ्चरेमा सधैंका लागि फोहोर फाल्न नदिने

२०७९ साउन १२ गते ७:२६

काठमाण्डु, १२ साउन– बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने चेतावनी दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन् । स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने...

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

२०७९ साउन ११ गते ७:४१

काठमाण्डु, ११ साउन– सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो । बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी...

इम्बोस्ट नम्बर प्लेट नेपालीमै हुने

२०७९ साउन ११ गते ७:३७

काठमाण्डु, ११ साउन– सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ । इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने...

उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले दुई दिनमा खाए ८ सय ३ केजी मासु

२०७९ साउन १० गते ७:३२

काठमाण्डु, १० साउन– स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।...

गृहको चुनावी सर्वेक्षणः एमाले र माओवादी मिले प्रत्यक्षतर्फ १ सय ४५ सिट

२०७९ साउन १० गते ७:२९

काठमाण्डु, १० साउन– संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा...

सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु

२०७९ साउन ९ गते ७:४४

काठमाण्डु, ९ साउन–सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो । सोमध्ये ७ लाख ६० हजार रुपैयाँ बराबरको म्याद नाघेको...

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने तयारी

२०७९ साउन ९ गते ७:४२

काठमाण्डु, ९ साउन–इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, ‘इम्बोस्ड नम्बर प्लेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us