मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्नः भाषाको कद घटाउने ?

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– नेकपा एमालेका अधयक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति व्यक्त गरेका छन । आज बुधबार गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क गर्दै उनले खासगरी ‘तिमी’ सम्बोधन गरेकोमा विमति जनाएका हुन । ‘गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ । कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि छ, ‘राष्ट्रपतिले भने भन्छ कि भन्नुहुन्छ भन्छ कि मैले याद गरेको छैन ।

नातीसँग कुरा गरेर राष्ट्रपतिले राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन ।’ उनले राजतन्त्रको बेलामा पत्रपत्रिकाले प्रयोग गर्ने भाषा र शब्दहरूको पनि टिप्पणी गरे । ‘राजा हुँदा राजाले हेर्दैन थिए, नजर गर्थे, हिँड्दैन थिए सवारी गर्थे, बस्दैन थिए, आराम गर्थे, सुत्दैन थिए, सुकला हुन्थ्यो । राजतन्त्र फाल्यौं भनेपछि यी जनताका छोरालाई किन मान्ने, किन सम्मान गर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘यू भनेपछि हजुरबुवा पनि भयो नाती पनि भयो ।

जुन भाषा गरिब छ त्यसले हाम्रो भाषाको उचाइ छुन सकेन भन्दैमा हामीले भाषाको कद घटाउने ?’ गोरखापत्रले सिंगो समाजको साँच्चै सेवा गरेर गुन लगाएको ओलीको भनाइ थियो ।

‘जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us