पाकिस्तानी सैनिक भ्रमण यो बेला उपयुक्त थिएनः एनपी साउद

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १५:१० मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा उठेको छ ।

एवं पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सांसद एनपी साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताएका छन । छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको साउदले संसद बैठकमा बताए ।

उनले भने,‘ भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’

नेपाली नागरिक आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बताउँदै साउदले सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तराष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव समेत दिएका छन ।

पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाण्डूमा आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us