लाकुरीभञ्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ ।

प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएको उच्च स्रोतले जानकारी दिएको छ । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो । गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो ।

टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए । यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन । छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us