सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

उनले भने, ‘अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ, ‘बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् ।’

भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको उनले जानकारी दिएका छन ।

त्यस्तै, बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको डीएसपी थापाले बताए । सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको उनले बताए ।

नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि आफूहरू सचेत रहेको सशस्त्रका डीएसपी थापा बताउँछन् ।

‘त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको छ,’ उनले भने । साथै, शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्त्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us