एसपीपीमा दबाब दिन अमेरिकी सहायकमन्त्री नेपाल आएको खुलासा

काठमाण्डु टुडे २०७९ साउन १३ गते ७:३२ मा प्रकाशित

काठमाण्डु, १३ साउन– दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाण्डु आइपुगेका छन् ।

सात महिनाको अन्तरमा दुईपटक उनी नेपाल आएका हुन् । यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन् ।

अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाण्डु आएका हुन् । लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us