पत्रपत्रिकाबाट

रूखले किच्यो डाक्टर बन्ने सपना

२०७९ साउन ९ गते ७:३९

काठमाण्डु, ९ साउन–विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । बायोलोजी विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको...

जनार्दन शर्माको कल डिटेल माग्ने विषयमा समितिमा झगडा

२०७९ साउन ९ गते ७:३६

काठमाण्डु, ९ साउन– बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन । समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल...

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै

२०७९ साउन ८ गते ७:३७

काठमाण्डु, ८ साउन– नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन् । आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब...

एटीएम मेसिन असुरक्षित

२०७९ साउन ८ गते ७:३४

काठमाण्डु, ८ साउन– पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिना हातहतियार । पोखरा महानगरपालिका–२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद...

१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित

२०७९ साउन ६ गते ७:३२

काठमाण्डु, ६ साउन– मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी...

कोभिड खोप नलगाउनेहरु उच्च जोखिममा

२०७९ साउन ६ गते ७:२७

काठमाण्डु, ६ साउन– गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन् । दुवैले कोरोनाविरुद्धको...

नेकपा ब्युताउँने तयारीः पार्टीको नाम नेकपा समाजवादी केन्द्र

२०७९ साउन ६ गते ७:२४

काठमाण्डु, ६ साउन– नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी...

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

२०७९ साउन ५ गते ७:३३

काठमाण्डु, ५ साउन–मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ । यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ । तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा...

झापामा मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

२०७९ साउन ५ गते ७:३०

काठमाण्डु, ५ साउन– झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको...

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

२०७९ साउन ५ गते ७:२७

  काठमाण्डु, ५ साउन– परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता...

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

२०७९ साउन ५ गते ७:२४

काठमाण्डु, ५ साउन– ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी...

काँग्रेसको प्रस्ताव आफूलाई ९५ सिट, चार दललाई ७० सिट

२०७९ साउन ४ गते ७:५६

काठमाण्डु, ४ साउन– गठबन्धनका शीर्ष नेताहरूले प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँडबारे फरक–फरक प्रस्ताव अघि सारेका छन् । अनौपचारिक छलफलमा कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us