एटीएम मेसिन असुरक्षित

काठमाण्डु टुडे २०७९ साउन ८ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, ८ साउन– पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् ।

पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिना हातहतियार । पोखरा महानगरपालिका–२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो ।

दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ । नेपाल समाचारपत्त्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us