इम्बोस्ट नम्बर प्लेट नेपालीमै हुने

काठमाण्डु टुडे २०७९ साउन ११ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, ११ साउन– सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ ।

इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो ।

नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयलाई लिखित पत्र पठाएको छ । कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानुन बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।

नम्बरप्लेट देवनागरी वा अंगेजी र देवनागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको बताउँदै उनले यसका लागि यसअघि इम्बोस्ड नम्बर प्लेटको ठेक्का पाएको कम्पनी डेकाटोर टाइगरसँग पनि कुराकानी हुने बताए । नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us