
काठमाण्डु, ४ साउन– राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नै नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ले मंगलबार आयोगमा निवेदन दिएको छ । सचिव डिबी कार्कीका अनुसार दल दर्ताको नम्बर ६४ छ । तदर्थ समितिको संयोजकमा गौतम र सचिवमा कार्की छन् । अन्य सबै सदस्य छन् ।
गौतमको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति बनेको छ । संयोजक, सचिवसहित आठजनाको सचिवालय छ । आयोगले प्रमाणपत्र दिएपछि तदर्थ समितिको बैठक बसेर विधानअनुसार पदाधिकारी चयन गर्ने तयारी छ । विधानमा एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव र एक कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ । नागरिक दैनिकबाट