धादिङ, १८ मंसिर–धादिङको जोगिरामा–९ हुग्दी खोलामा आइतबार भएको ट्रक दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । चालक मोबाइलमा कुराकानीमा ब्यस्त भएकाले घुम्ती मोड्न नस्क्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो ट्रक काठमाण्डुमा भैंसी पुर्याएर बाराको जितपुरतर्फ फर्कंदै...
बारा, १८ मंसिर–सयौं राँगालाई मार हान्न नियुक्ति पाउने मारकका परिवार भने गढीमाई बलिबाट असन्तुष्ट देखिएका छन् । उनीहरुले मारकलाई मार नहान्न घरबाटै दबाब दिने गरेका छन् । घरका मान्छे खुसी छैनन्, मार हान्न छोडिदेऊ भन्छन्, बारा सुखिपथरा–७ का सुरेन्द्र पासवानले भने, ‘तर मन मान्दैन,...
काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका उपरथि नरेश बस्नेतलाई रथी (लेफ्टिनेन्ट जनरल) पदमा बढुवा गर्ने सैनिक मुख्यालयको प्रस्ताव अस्वीकृत गरेका छन् । सैनिक मुख्यालयले बस्नेतलाई विशेष पद सिर्जना गरी रथी पदमा पदोन्नति गरी विकास निर्माण निर्देशनालयकै जिम्मेवारी सुम्पन रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको...
काठमाण्डु, १८ मंसिर–मलेसियामा बसेर अपराधिक क्रियाकलाप गर्दै आएका भारतीय नागरिक रामदीप सिंहले नेपालबाट एकैदिन दुई वटा नागरिकता लिएको पुष्टि भएको छ । सिंहले ०६३ मा नागरिकता टोलीबाट एकै दिन दुई छुट्टाछुट्टै नागरिकता लिएको खुलेको हो । सिंहले नेपाली नागरिकता लिएको पुष्टि भएपछि गृह मन्त्रालयले...
काठमाण्डु, १७ मंसिर– दोस्रोचोटि नेपाल आएकै दिन एमाओवादी र मधेसीको नामै किटेर बहुमतीय होइन, सहमतीय प्रक्रियामा जान कांग्रेस–एमालेलाई सार्वजनिक सल्लाह दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भने जुनसुकै सर्तमा माघ ८ गतेभित्रै नेपालमा संविधान जारी हुनुपर्ने प्रसंग कोट्याएका छन् । अस्ति सोमबार बिहान एमाले...
पोखरा, १७ मंसिर– लुटपाटमा संलग्न पूर्वलडाकुका बयानले संगठित रूपमा आपराधिक सञ्जाल विस्तार हुँदै गएको खुलेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । बैंक लुटपाटमा दुई दिनअगाडि सार्वजनिक भएका पूर्वलडाकुहरू नेकपा–माओवादीका कार्यकर्ता भएको र हाल नेत्रविक्रम चन्द विप्लव को पार्टीमा आबद्ध पाइएका छन् ।...
काठमाण्डु, १७ मंसिर– संविधान निर्माण गर्ने माघ ८ को तिथि नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरुको चासो सत्तातिर केन्द्रित भएको छ । उनीहरु संविधान निार्माणमा व्यस्तजस्तो देखिए पनि आन्तरिक रुपामा भने सरकारको लेखाजोखामा रहेको सम्बन्धित दलका नेताहरुले पुष्टि गरेका छन् । दोस्रो ठूलो दल एमालेले...
काठमाण्डु, १७ मंसिर– चर्चित नेपाली सिनेमा बलिदानको ‘कोही त भने जहाजमा रहर, कोही त भने पसिना तरर हाम्रो नेपालमा…’ बोलको गीत कम्युनिष्ट कार्याकर्ताबीच निकै लोकप्रिय छ । माओवादी नेता–कार्यकर्ताले जनतालाई लडाईंमा जनतालाई आकर्षित गर्नसमेत यो गीत गाउँदै हिंडे । तर, अब जमाना फेरिएको छ...
काठमाण्डु, १७ मंसिर–उपत्यकामा आपराधिक घटना तथा प्रहरीबारे जानकारीका लागि राखिएको १०० नम्बरमा बढी ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान भएका छन् । आपराधिक घटना र प्रहरीले दुख दिए जानकारी लिन, आपराधिक घटना भए तत्काल प्रहरी परिचालन गर्न, हराएको चोरिएको लगायतका घटनाबारे उपत्यकाका प्रहरी कार्यालयलाई...
गोरखा, १७ मंसिर–सहरमा महिला हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम भइरहेको बेला गोरखाको दुर्गम गाउँ गुम्दामा एक छात्रा आफ्नै गुरुबाट बलात्कृत भएकी छन् । सूर्योदय मावि गुम्दामा कक्षा सातमा पढ्ने मीनकुमारी (नाम परिवतिर्त) अंग्रेजी पढाउने शिक्षक उमेश भनिने छमबहादुर गुरुङबाट बलात्कृत भएकी हुन् । गत...
काठमाण्डु, १६ मंसिर– भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । बोर्ड सदस्य जयदेव रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन् । मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र...
काठमाण्डु, १६ मंसिर– छिमेकी गाउँको बिहेमा भाँडा माझ्न गएका महिलाले रक्सी ठानी ल्याएको स्प्रिट गाउँको बिहेभोजमा खुवाउँदा तातापानी– ३, थामीगाउँमा सोमबार तीन महिलाको मृत्यु भएको छ । घटनामा ५० भन्दा बढी बिरामी छन् । एकको अवस्था सिकिस्त छ । स्प्रिट पिउने अधिकांश बालबालिका, महिला...