ओलीको नेतृत्वमा सरकार बनाउने कसरत

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते २:२५ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– संविधान निर्माण गर्ने माघ ८ को तिथि नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरुको चासो सत्तातिर केन्द्रित भएको छ ।

उनीहरु संविधान निार्माणमा व्यस्तजस्तो देखिए पनि आन्तरिक रुपामा भने सरकारको लेखाजोखामा रहेको सम्बन्धित दलका नेताहरुले पुष्टि गरेका छन् ।

kp oli

दोस्रो ठूलो दल एमालेले सोमबार मधेसी दलहरुलाई राष्ट्रिय सरकारका लागि आग्रह गरेपछि यो विषय सतहमा आएको हो ।

सत्तारुढ दल कांग्रेस–एमाले दुवै सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयासमा लागेका हुन् ।

संविधान निर्माणको काम सहज होस् भन्ने उद्देश्यले त्यसलाई राष्ट्रिय सरकार बनाउने कुरासँग जोडेको सम्बन्धित नेताहरुको दाबी छ ।

‘संविधान निर्माणको गाँठो फुकाउन सबै विषयमा सहमति गरेर जान सकिन्छ । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान जारी गरौं भन्ने हाम्रो प्रस्ताव हो’, एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘यसले संविधान निर्माणमा सबैको योगदान थियो भन्ने स्थापित पनि हुन्छ । नयाँ संविधान कार्यान्वयनमा सहज पनि हुन्छ ।’

एमाले संस्थापन पक्ष सकभर सहमतिमा, त्यो नभए बहुमतकै आधारमा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने मनस्थितिमा छ ।

त्यसबारे एमालेले एमाओवादी र मधेसी दलसँग घुमाउरो ढंगले प्रस्ताव राखेको छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us