चालकले मोबाइलमा कुरा गर्दै भैंसी बोक्ने ट्रक चलाएपछि…

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:१६ मा प्रकाशित

धादिङ, १८ मंसिर–धादिङको जोगिरामा–९ हुग्दी खोलामा आइतबार भएको ट्रक दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
चालक मोबाइलमा कुराकानीमा ब्यस्त भएकाले घुम्ती मोड्न नस्क्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो ट्रक काठमाण्डुमा भैंसी पुर्‍याएर बाराको जितपुरतर्फ फर्कंदै थियो ।

ग १ ख ३९८६ नम्बरको ट्रक बुधबार दिउँसो साढे ११ बजे पृथ्वी राजमार्गको हुग्दी खोलाको पुलबाट ५० फिट तल खोल्सामा खसेको थियो ।

  दुर्घटनामा मृत्यु हुनेमा पर्सा चोर्नी गाविस–९ का ३७ वर्षीय कुल मोहम्मद देवान, २८ वर्षीय अनिल देवान कानू र १७ वर्षीय अनवर देवान रहेका छन् ।

अर्का एक पुरुषको भने सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीका निरीक्षक मेहन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक धादिङ बेनिघाट–२ का झम्कनारायण श्रेष्ठ र सहचालक गम्भीर घाइते भएका छन् ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us