अर्थ

डब्लुटिओका महानिर्देशक नेपाल आउँदै

२०७१ जेठ २० गते ११:०२

काठमाण्डु, २० जेठ – विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो आजेभेडो एक दिने नेपाल भ्रमणमा बुधबार नेपाल आउँदै छन् । अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा उनी नेपाल भ्रमणमा आउन लागेका वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विश्व व्यापार सङ्गठनका सर्वोच्च अधिकारीले...

मन्त्रीको आश्वासनपछि पर्यटन व्यवसायीको आन्दोलन स्थगित

२०७१ जेठ १९ गते १४:३०

काठमाण्डु, १९ जेठ– नेपाल पर्यटन बोर्डमा अनियमितता र भ्रष्टाचार भएको भन्दै एक महिनादेखि आन्दोलित पर्यटन व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । पर्यटनमन्त्री भीम आचार्यसँग भएको वार्तामा सकारात्मक भएको भन्दै व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् । उनीहरुले पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै...

दार्चुलाका सीमानाकामा तस्करी बढ्यो

२०७१ जेठ १९ गते १४:२०

दार्चुला, १९ जेठ– जिल्लाको शान्ति सुरक्षा एवम् चोरी तस्करी नियन्त्रणका लागि दार्चुलाका सीमा नाकामा प्रहरीले चेक जाँच कडा पारेको छ । पछिल्लो समय जिल्लामा बढेको धनमाल चोरी तथा वन्यजन्तुका अखेटोपहार चोरी निकासीका घटना नियन्त्रणका तथा भारतीय बजारबाट अवैधरूपमा हाँस तथा कुखुराका अण्डालगायतका वस्तु नेपाल...

ढोरपाटन सिकार आरक्षमा एक करोड राजस्व

२०७१ जेठ १९ गते ११:२२

बागलुङ, १९ जेठ – मुलुककै एकमात्र ढोरपाटन सिकार आरक्षमा वार्षिक करिब एक करोड राजस्व सङ्कलन हुने गरेको छ । सिकार, काठपुर्जी, पर्यटक शुल्क, दण्ड÷जरिवानालगायतबाट वार्षिक करिब रु एक करोड राजस्व सङ्कलन हुने आरक्ष कार्यालयले जनाएको छ । बर्सेनि दुई याममा हुने सिकारबापत विदेशी सिकारीले...

पर्यटन विकासका लागि एक अर्ब बजेट माग

२०७१ जेठ १८ गते १२:२४

विराटनगर, १८ जेठ – सुनसरी र धनकुटाका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि कालोपत्रे सडक निर्माण गर्न लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिष्ठान विराटनगरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यसँग रु एक अर्ब निकासा माग गरेको छ । सुनसरीको बराहक्षेत्रमा एक कार्यक्रममा सहभागी हुन...

वार्षिक तीन लाख बढीको खोटो निर्यात

२०७१ जेठ १८ गते १२:२१

बागलुङ, १८ जेठ – बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वन क्षेत्रका उपभोक्ताले नियमित आम्दानी गर्न सफल भएका छन् । जिल्लाको बुर्तिवाङ गाविस वडा नं २, ३ र ५ वडाका सामुदायिक वन क्षेत्रमा पाइने सल्लो प्रजातिका रुखबाट निकालेको खोटो निर्यात गरेर उपभोक्ताले राम्रो कमाइ...

वार्षिक एक खर्बको कृषिजन्य उत्पादन भारतबाट आयात

२०७१ जेठ १८ गते १२:१५

काठमाण्डु, १८ जेठ – नेपालले वार्षिक रु एक खर्ब बराबरको कृषिजन्य उत्पादन भारतबाट आयात गर्ने गरेको छ । नेपालले वार्षिक तरकारी फलफूल र मासुजन्य वस्तु गरी करिब रु ४५ अर्ब र चामल, गहुँ, तेल, दाललगायतका वस्तुसमेत गरी करिब रु ५५ अर्ब बराबरको कृषि उत्पादन...

टेलिकमले ल्यायो नयाँ अफर, सय रुपैयाँमा सिम र रिम किन्दा सय बराबरकै कुरा गर्न पाइने

२०७१ जेठ १७ गते १५:३४

काठमाण्डु, १७ जेठ – नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा सिडिएमए रिम कार्ड र जिएसएमकोप्रिपेड सिमकार्ड एक सय रुपैयाँमा दिने योजना ल्याएको छ । ग्राहकले एक सयमा किनेको रिम र सिम कार्डमा एक सय रुपैयाँ नै बराबरको टकभ्यालु पाउँनेछन् । ‘एक सयमा किनेको सिम र...

खिम्ती–ढल्केबर प्रसारण लाइनको काम अझै अन्यौलमा

२०७१ जेठ १७ गते १४:०७

काठमाण्डु, १७ जेठ– पाँच वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणको काम अन्यौलमा परेको छ । स्थानीयवासीको विरोध र विरोधलाई सम्बोधन गर्ने उचित उपायको अभावमा नेपाल विद्युत् प्राधिकरणको महत्वपूर्ण र बहुउद्देश्यीय आयोजना क्रमश: पछि धकेलिँदै गएको हो । आयोजनाको प्रमुख...

सुर्तीजन्य पदार्थको उत्पादन र उपभोगमा करको दर बढाउने तयारी

२०७१ जेठ १७ गते ११:३५

काठमाण्डु, १७ जेठ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकरीले सुर्तीजन्य पदार्थको उत्पादन र उपभोगमा करको दर बढाएर आगामी आर्थिक वर्षको बजेट तयार पार्न लागिएको बताएका छन् । धुमपानरहित दिवसका अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थमा करको दर उपभोक्ता...

एकल महिला उद्यमशील बन्दै

२०७१ जेठ १६ गते १२:५७

बागलुङ, १६ जेठ – पतिसँगको बिछोडपछि चन्द्रमाला बुढाको जीवन एक्लो मात्रै बनेन दैनिक जीवन गुजारा गर्न पनि उनलाई धौधौ हुन थालेको थियो । तर, पीडालाई शक्तिमा बदलेर उनले सुरु गरेको नर्सरी व्यवसाय नै आज गतिलो जीउने आधार बनेको छ भने जीवनको भरपर्दो साहारा पनि...

कानुन मिचेका कारण २९ वटा सहकारी संस्था खारेज

२०७१ जेठ १६ गते १२:५२

कैलाली, १६ जेठ – जिल्लामा अहिलेसम्म दर्ता भएका ५०८ वटा सहकारी संस्थामध्ये २९ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले २९ सहकारी संस्था खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले बताएको छ । दर्ता खारेज भएका अधिकांश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us