सुलीबाट बायोग्यास उत्पादन

काठमाण्डु टुडे २०७१ साउन ८ गते ११:४१ मा प्रकाशित

चितवन, ८ साउन – प्रदूषण नियन्त्रण गर्ने र वैकल्पिक ऊर्जा उपयोग गर्ने उद्देश्यले पूर्वी चितवनको चैनपुरका एक कुखुरा व्यवसायीले अत्याधुनिक प्रविधिबाट बायोग्यास उत्पादनको काम थालेका छन् ।

तीन वर्ष पहिला नै कुखुराको सुलीबाट बायोग्यास निकालेर सानो जेनेरेटर चलाएका स्थानीय अर्जुन अर्यालले यसपटक भने ३० केभिएको जेनेरेटर चलाउन मिल्ने गरी ठूलोमात्रामा ग्यास उत्पादनको तयारी थालेका छन् । ६० हजार लेयर्स कुखुरा पाल्दै आएका अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिका सञ्चालक अर्यालले लुनीमा ग्रीन इनर्जी डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर काठमाण्डुको प्राविधिक सहयोगमा बायोग्यास उत्पादनको प्रक्रिया अगाडि बढाएका हुन् ।

यसअघि निर्माण भएको ५० घनमिटरका पा“चवटा प्लान्टको सफाइ भइरहेको छ भने तिनै आकारका अर्का दुई प्लान्ट निर्माण गरिँदै छ ।

सेन्टरका अनुसन्धानकर्ता जीवन श्रेष्ठले छ महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । उहा“का अनुसार कुखुराका सबै सुलीलाई प्लान्टमा सङ्कलन गरी बायोग्यास उत्पादन गरिनेछ ।

बायोग्यास पूर्णरूपमा सञ्चालनमा आएस“गै गन्ध पूरै हराएर जाने श्रेष्ठको दाबी छ । उनले सुलीबाट निस्किएको ग्यासले ३० केभिएको जेनेरेटर दैनिक पा“च घण्टा चल्ने बताए ।

कुल २५ लाखमा बायोग्यास उत्पादन हुने उनको तर्क छ । ५० हजार कुखुराको सुलीबाट दैनिक ७० घनमिटर बायोग्यास उत्पादन हुन्छ । गर्मी मौसममा ग्यासको मात्रा केही बढ्ने उनले बताए । कुखुराको सुलीमा हुने हाइड्रोजन सल्फाइट दुर्गन्ध फैलाउने ग्यास हो । बायोग्यासका अनुसन्धानकर्ता श्रेष्ठ बायोग्यास बनेस“गै त्यो दुर्गन्ध हटेर जाने बताउछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us